शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु ।

मंशीर २८ धनकुटा ।

किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ ।

प्रतियोगीताको आज भएको खेलमा वडा न. ७ विजयी भएको छ । ७ र ६ नं वडा वीच भएको खेलमा ५–२ गोलको फराकीलो  अन्तरले ६ नं वडा लाई ७ ले हराएको हो । वडा नं ७ का जर्सी न १३ का दिवस लावतीले खेल शुरु भएको २ मिनेटमा नै हेड मार्फत गोल गर्दै आफनो टिमलाई १–० ले अर्गता दिलाएका थिए । त्यस्तै वडा नं ६ का जर्सी नं ७ का विवेक शाहीले खेलको ४  मिनेटमा नै गोल गर्दै खेल बराबरीमा ल्याए ।  खेलको २२ औ मिनेटमा वडा नं ७ ले पुनः गोल ग¥यो ।

  त्यसपछि २६ औ,४२ औ मिनेटमा गोल गर्दै वडा नं ७ ले  ४–१ गोलको अर्गता लियो । खेलको ५३ औ मिनेटमा वडा नं ७ का खेलाडीले फल गरेपछि वडा नं ६ ले पेनाल्टी मार्फत सान्तना गोल फर्कायो । त्यसपछि ६१ औ मिनेटमा वडा नं ७ ले पुनःअर्को गोल ग¥यो र ५–२ गोलको फराकीलो अन्तरले विजय हासिल ग¥यो । आजको खेलमा वडा नं ७ का मनकुमार राई म्यानअफ द म्याच घोषीत भए उनले २ हजार रुपया प्राप्त गरे ।  

 धनकुटा ५ स्थित तल्लो टुडिखेलमा शुक्रबार देखी सुरु भएको वडा स्तरीय नकाउट फुटबल प्रतियोगीतामा नगरका १० वटै वडाको सहभागीता  छ । प्रतियोगीताको विजेता टिमले नगद ३५ हजार,ट्रफी ,मेडल र प्रमाण पत्रप्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले नगद २० हजार सहीत ट्रफी ,मेडल र प्रमाण पत्रप्राप्त गर्ने आयोजकले जानएको छ ् ।  
 
प्रतिकृया दिनुहोस

शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु ।

धनकुटा २ माघ ।   धनकुटाको पाख्रीवास नगरपालिकामा वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिता हुने भएको छ । नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने

माघ १ धनकुटा ।   आज माघे सक्रान्ति पर्व धनकुटा सहित देशभर भव्यताका साथ मनाईएको छ । यो पर्वको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई