डा. केसीको चेतावनी ।

काठमाडौ ।

चिकित्या शिक्षा ऐनको माग गर्दै पटक पटक अनसनमा बसेका डा।गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावनी दिनुभएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिनुअघि डा।केसीसँग छलफल गर्न चाहेको थियो । तर उहाँले अब थप छलफल आवश्यक नभएको जवाफ फर्काउनुभएको छ।

उहाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल भए अनसन बस्ने चेतावनी समेत दिनुभएको छ ।

डा। केसीले आज साँझ विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘हामीसित भएको सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टीहरु र जनप्रतिनिधिहरु लाग्नु निन्दनीय छ । त्यस्तो कार्य हाम्रा लागि स्वीकार्य छैन ।’

आफूसँग भएको सहमतिमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ अगाडि नै अनसन बस्ने डा.केसीले उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘त्यसपछिको लडाइँ माफियाहरुसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरु, पदाधिकारीविरुद्ध केन्द्रित हुनेछ ।’

                                                                                                                       साँभार हाम्रो पात्रो :

प्रतिकृया दिनुहोस

डा. केसीको चेतावनी ।

माघ २ धनकुटा । आखा उपचार सेवालाई थप ब्यवस्थित, प्रभावकारी तथा व्यापक बनाउनका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु

डा. केसीको चेतावनी ।

धनकुटा २३ पौष, नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी

डा. केसीको चेतावनी ।

मंशीर २३ , २०७५ ,धनकुटा । धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा आजवाट ल्यावसेवा सञ्चालनमा ल्याईएको छ । चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालन शूरु गरिएको