तमु ल्होसार ।

पौष १५ धनकुटा ।


आज देशका विभिन्न जिल्लामा वसोवास गर्दै आएको गुरुङ समूदायले तमु ल्होसार पर्व मनाएका छन् । यस अवसरमा धनकुटाको पाख्रीवास वजारमा रहेका गुरुङ्ग समुदायले पनि नयाँ वर्ष तमु ल्होछार मनाएका छन् ।

 

पाख्रीवास वौद्ध गुम्वाविकास समिति र तमु आमा  समुहको  आयोजनामा  विविध कार्यक्रमको साथ तमु ल्होछार मनाइएकोे हो । सो अवसरमा पाख्रीवास स्थित् तमु वौद्ध गुम्वामा वौद्ध लामागुरुहरुले पुजापाठ गर्नुको साथै भक्तजनहरुलाई वाङ आशिर्वाद प्र्रदान गर्नुभएको थियो । गुम्वामा पसिषरमा १ सय ८ द्धिप समेत शान्तिको कामना गर्दै प्रज्वलन गरिएको थियो ।

 

पुजापाठ समापन पछि गुम्वा निर्माणमा सहयोग गर्नु हुने हाल वेलायत निवासी मञ्जुला तमु र पदम वहादुर तमुलाई मायाको चिनो सहित खदा लगाएर सम्मान गरिएको छ । उहाँहरुले अहिले गुम्वा विकासका लागि २५ र आमा समूहको लागि १० गरी जम्मा ३५ हजार आर्थिक सहयोग गर्नुभएको हो । यस अघि पनि गुम्वा निर्माणका लागि पनि उहाँहरुले १ लाख सहयोग गर्नुभएको गुम्वाका अध्यक्ष भक्त वहादुर गुरुङ्गले वताउनुभयो । सम्मानित हुने गुरुङ्ग दुवैलाई अध्यक्ष भक्तवहादुर गुरुङ्ग र उपाध्यक्ष श्याम गुरुङ्गले खदा र मायाको चिनो प्रदान गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले कम्युनिष्टको २ तिहाई वहुमतको सरकारले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिक पर्वहरुमा विदा कटौती गरेको भन्दै विरोध गर्नुभयो । उहाँले अहिलेको सरकार आदिवासीजनजातिहरुको संस्कार संस्कृतिलाई नामेट पार्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । सरकारले वर्षौ देखी नियमित रुपमा दिदै आएको पर्व विदा कटौती विरुद्ध नेपालका आदिवासी जनजातिहरु आन्दोलित भैरहनु परेको वताउनुभयो ।

 

भक्तवहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न कार्यक्रममा तमु होल छ्योज्घीं धनकुटाका अध्यक्ष ज्ञान वहादुर गुरुङ्ग, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर  लामा, तमु आमा समुहका अध्यक्ष धन माया गुरुङ्ग,मानेमोलमका कल्पना गुरुङ लगायत ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव निरोज तमुले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

तमु ल्होसार ।

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

तमु ल्होसार ।

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

तमु ल्होसार ।

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट