आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी  धनकुटामा संचालन


धनकुटा २३ पौष,
नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी  धनकुटामा संचालन गरेको छ ।
धनकुटा नगरपालिकाका सामुदायिक बिद्यालयहरुका शिक्षक तथा शिक्षिकाहहरुको सहभागीतामा संचालन भएको अभिमुखिकरण कार्यक्रमको उद्घाटन धनकुटाका शिक्षा विकास समन्वय अधिकारी राम वहादुर थापाले धनकुटामा उद्घाटन गर्दै आखा जस्तो संवेदनशिल तथा महत्वपूर्ण अंगको उपचारमा र जनचेतनामा सवैले ध्यान दिनु पर्नेमाा जोड दिनु भयो ।
नेपाल नेत्र ज्याती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरगाईको अध्यक्षमा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ठगेन्द्र अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको  संचालन सचिव देव वहादुर खड्काले गर्नु भएको थियो ।

संस्थाको परिचय तथा स्वास्थ्य शिक्षाको सिद्धान्तको वारेमा अस्पतालका व्यवस्थापनक ंगंगा वहादुर खत्रीले र आखा र यससंग सम्वन्धित रोगहरुको वारेमा नेत्र सहायक डोनराज गुरुंङ्ग र दृष्टि परिक्षण विधिको वारेमा सचिन लम्सालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमका नेपाल नेत्र ज्योती संघका सदस्यहरु ऋषिराम ढुंगाना,विजय सन्तोषी राई,रेणु श्रेष्ठ,अष्मिका राई ,दुर्गा अधिकारी लगायत अस्पतालका स्वास्थ्यमर्की,कर्मचारी र धनकुटा नगरपालिका विभिन्न विद्यालयहरुको शिक्षकहरुको सहभागीता रहेको थियो । नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम  धनकुटाका सात वटै तहहरुमा संचालन गरिने अध्यक्ष दोर्ण गुरागाईले वताउनु भयो ।
 

प्रतिकृया दिनुहोस

आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी  धनकुटामा संचालन

माघ २ धनकुटा । आखा उपचार सेवालाई थप ब्यवस्थित, प्रभावकारी तथा व्यापक बनाउनका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु

आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी  धनकुटामा संचालन

काठमाडौ । चिकित्या शिक्षा ऐनको माग गर्दै पटक पटक अनसनमा बसेका डा।गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावनी

आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी  धनकुटामा संचालन

मंशीर २३ , २०७५ ,धनकुटा । धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा आजवाट ल्यावसेवा सञ्चालनमा ल्याईएको छ । चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालन शूरु गरिएको