राष्ट्रपति चुनावको विरोध गर्ने क्रममा पक्राउ परेका रुसका विपक्षी नेता रिहा

काठमाडौं । रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नी राष्ट्रपति चुनावको बहिस्कार गर्न प्रदर्शन गर्दैगर्दा आइतबार गिरफ्तार भएका थिए । आइतबार मोस्कोउमा पक्राउ परेका उनी आजै रिहा भइसकेको खबर उनको आधिकारिक ट्वीटरमार्फत बाहिर आएको सिएनएनले बताएको छ । 

अदालतको अर्को सुनुवाइसम्मका लागि उनी रिहा भएको बताउँदै उनले आफ्ना समर्थक र सहयोगीलाई धन्यवाद व्यक्त गरेको बताइएको छ । नवाल्नीका वकिलले बताएअनुसार अहिलेका लागि उनीमाथि कुनै अभियोग नरहेको भएपनि केही दिनपछि भने उनलाई अदालतमा उपस्थित हुन लगाइएको छ जसबेला उनीमाथि आरोप र सजाय तय गरिन सक्ने बताइएको छ । रुसी सुरक्षाकर्मीका अनुसार उनले अवैधानिक रुपमा विरोधको कार्यक्रम आयोजना गरेको आरोपमा उनलाई १ महिनाको जेल सजाय हुन सक्नेछ ।

लामो समयदेखि रसी राष्ट्रपति पुटिनका सबैभन्दा प्रमुख आलोचकका रुपमा रहेका एलेक्सीले आगामी मार्च १८ मा हुने राष्ट्रपति चुनावको विरोध गर्दै देशभरका विभिन्न स्थानमा प्रदर्शनका कार्यक्रमहरु आयोजना गराएका हुन् । यसै क्रममा रुसका विभिन्न स्थानमा ¥याली निकालिएपनि मस्काउ र सेन्ट पिटर्सवर्गको प्रशासनले भने यसका लागि स्वीकृति दिएको थिएन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएअनुसार देशभरबाट अहिलेसम्म १८० भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परिसकेका छन् ।

विपक्षी नेता एलेक्सी नावाल्नीले सन् २०११ र २०१२ मा पनि पुटिन विरुद्ध यसरी नै प्रदर्शन गरेका थिए । गत वर्षमात्र बिना स्वीकृति ¥याली निकालेको अभियोगमा उनलाई तीनपटक गिरफ्तार गरिएको थियो । उनले सधैँ निष्पक्ष चुनावमा आफूले पुटिनलाई सजिलै हराउन सक्ने दाबी गर्दै आएका छन् तर एउटा अपराधिक कार्यमा दोषी पाइएपछि उनलाई चुनाव लड्नबाट प्रतिबन्धित गरिएको थियो । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा रुसमा पुटिनको प्रभाव अत्यन्तै बढी भएकाले चौथोपटक पनि ६ वर्षका लागि उनी नै राष्ट्रपति चुनिने निश्चित रहेको बताइन्छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रपति चुनावको विरोध गर्ने क्रममा पक्राउ परेका रुसका विपक्षी नेता रिहा

नयाँ दिल्ली । भारतमा छोरा पाउने लालसा राख्दा भारतीयहरुले दुई करोड १० लाख छोरीहरु ‘नचाहँदा नचाहँदै जन्माएको एउटा तथ्यांकले देखाएको छ । सन्

राष्ट्रपति चुनावको विरोध गर्ने क्रममा पक्राउ परेका रुसका विपक्षी नेता रिहा

नयाँ दिल्ली  ।  भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ ।  सो अध्ययनले भारतीय