नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली  ।  भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । 

सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले मङ्गलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ । 

भारतका मुख्य ३० वटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँ दिल्ली सहरमा पाइएको हो ।  लखनाउ, नोएडा, गाजियाबाद, वनारस, अलाहबाद, कानुपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको समाचारमा जनाइएको छ । 

दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र बिहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ ।  यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको छ । यी राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ । 

ती राज्यमा पाँच वर्ष मुनिका करिब १ करोड २९ लाख बालबालिका बस्छन् ।

प्रतिकृया दिनुहोस

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

नयाँ दिल्ली । भारतमा छोरा पाउने लालसा राख्दा भारतीयहरुले दुई करोड १० लाख छोरीहरु ‘नचाहँदा नचाहँदै जन्माएको एउटा तथ्यांकले देखाएको छ । सन्

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

काठमाडौं । रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नी राष्ट्रपति चुनावको बहिस्कार गर्न प्रदर्शन गर्दैगर्दा आइतबार गिरफ्तार भएका थिए । आइतबार