छोरो नै पाउने चक्करमा भारतमा जन्मिए दुई करोड ‘नचाहेका’ छोरीहरु !

नयाँ दिल्ली । भारतमा छोरा पाउने लालसा राख्दा भारतीयहरुले दुई करोड १० लाख छोरीहरु ‘नचाहँदा नचाहँदै जन्माएको एउटा तथ्यांकले देखाएको छ ।

सन् २०१७÷०१८ को भारतीय आर्थिक सर्वेक्षणबाट यस्तो खुलासा भएको हो । सर्वेअनुसार यो अनुमानित आँकडा छोरीहरुको हो, जो छोरा पाउने आशाविपरीत जन्मिएका थिए वा जब परिवारले छोरा जन्मिएपछि अरु बच्चा जन्माउन चाहँदैनथे । 

उक्त सर्वेमा भारतको कृषि र गैरकृषि क्षेत्रमा महिलालाई साझेदार बढाउनुपर्नेसमेत देखिएको बताइएको छ । त्यस्तै लैंगिक समानता र महिला सशक्तीकरण गराउन समेत आवश्यक देखिएको सर्वेमा उल्लेख छ ।

लैंगिक असमानता हुनुमा समाजको सोच र छोरा नै चाहिने प्रवृत्तिलाई दोषी मानिएको छ ।  भारतमा कामको हिसाबले सन् २००५/००६ मा ३६ प्रतिशत रहे पनि २०१५/०१६ मा घटेर २४ प्रतिशतमा आएको थियो । सर्वेअनुसार भारतीय महिलालाई शिक्षा र रोजगारीका क्षेत्रमा अग्रसर गराउनुपर्ने देखिएको छ । 

भारतमा छोरा जन्माउनैपर्ने कुपरम्परा र गर्भावस्थामा लैंगिक पहिचान अवैधानिक भए पनि भित्रभित्रै हुने गरेको बताइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पुरुष र महिलाको अनुपात १०७ र १०० रहेको छ ।

सर्वेअनुसार भारतका ५५ प्रतिशत भारतीय जोडीले पहिलो सन्तान छोरी जन्माएका छन् भने उनीहरुले छोरा नजन्मिएसम्म प्रयास जारी राख्ने गरेका छन् । 

  • नवभारत टाइम्स/सीएनएनबाट अनुदित

प्रतिकृया दिनुहोस

छोरो नै पाउने चक्करमा भारतमा जन्मिए दुई करोड ‘नचाहेका’ छोरीहरु !

नयाँ दिल्ली  ।  भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ ।  सो अध्ययनले भारतीय

छोरो नै पाउने चक्करमा भारतमा जन्मिए दुई करोड ‘नचाहेका’ छोरीहरु !

काठमाडौं । रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नी राष्ट्रपति चुनावको बहिस्कार गर्न प्रदर्शन गर्दैगर्दा आइतबार गिरफ्तार भएका थिए । आइतबार