धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता ।

माघ २३ धनकुटा ।
धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

 गत २१ गते देखी सञ्चालित प्रतियोगिता अन्र्तगत शिक्षकद्धय दिपेन्द्र निरौला र गौरव कार्की वीच भएको खेलमा दिपेन्द्र निरौला प्रथम र गौरव कार्की दोश्रो हुनुभएको छ । त्यस्तै  छात्रा विद्यार्थी सुनिता तामाङ्ग र सोनि तामाङ्ग वीचको खेलमा सुनिता प्रथम र सोनी द्धितीय भएका छन् । छात्र तर्फ सावल मल्ल ठकुरी र निश्चल तामाङ्ग वीचको खेलमा सावल पहिलो र निश्चल दोश्रो भएको शिक्षक दिपक घिमिरेले जानकारी दिनुभयो ।

 प्रतियोगिताका विजयी शिक्षक तथा विद्यार्थीहरुलाई नगद १ हजार र प्रमाण पत्र र मेडल तथा दोश्रो लाई नगद रु ५ सय सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । स्ववीयू सभापति नईन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य वाङ्गदा थिङ्गले खेलकुद विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 त्यस्तै हिले व्याडमिण्टन क्लवका सचिव प्रेमराज गिरीले हिले स्कूलका विद्यार्थीहरुलाई क्लवमा विशेष छुट सहित सदस्यता दिने वताउनुभयो । प्रतियोगिता समापन कार्यक्रममा उद्योग वाणीज्यसंघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,क्याम्पस प्रमुख डिल्ली राज रेग्मी,प्रधानाध्यापक रमेश घिमिरे व्याडमिण्टन क्लवका कोषाध्यक्ष आशिष तामाङ्ग लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती थियो । 

प्रतिकृया दिनुहोस

धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता ।

चैत २० धनकुटा  ।  धनकुटाको छथर जोरपार्टी गाउँपालिका वडा नं ५ मा सञ्चालित दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग

धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता ।

चैत ९ धनकुटा ।  धनकुटाको हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु भएको छ । हिले भलिवल क्लवको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालित

धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता ।

माघ २३ धनकुटा / पदम राई   धनकुटाको सागुरीगढी ८ महाभारतका खेलाडीहरुलाई अव फुटवल खेल खेल्न सहज हुने भएको छ । सागुरीगढी गाउँपालिकाको ५ लाख आर्थिक