सामाजिक संजालका गन्थन |

रामराज शर्मा र जीवनदेवी बन्जरा

जमाना सामाजिक संजालको छ । आजकल मनिसहरू चिठी पठाउन, फोन गर्न, ईमेल गर्नभन्दा सामाजिक संजालमार्फत् सूचना र सन्चोबिसन्चो आदानप्रदान गर्न सजिलो र भरपर्दो मान्छन् । फेसबुकको सञ्जालमा नजोडिएका नयाँ पुस्ता भेट्न गाह्रै पर्छ। धेरैजसो आमाबुवा र हजुरआमा हजुरबासमेत कुनै न कुनै तरिकाले सामाजिक सञ्जालमाजोडिइसकेका छन्। विदेशमा रहेका छोराछोरी नातिनातिनाको फोटो र भिडिओ हेर्न उनीहरूसँग प्रत्यक्ष कुरा गर्नका लागि मात्रै भए पनि धेरैजसो आमाबुबा सामाजिक सञ्जालमा जोडिनु भएकै छ।सामाजिक सञ्जाल अब हाम्रो जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ।
आजकल ट्विटरमा हनुमान, कटप्पा र सुग्रिव सेना भन्दै युवाहरू एक अर्कालाई छेड हान्दै राजनीतिक बहस गरिरहेका हुन्छन् । कुनैकुनै बेला यी तीन समूहमा विभाजित युवा एकअर्कालाई राजनीतिक पार्टीसआग जोड्दै गरेको बहस निकै गरमागरम अवस्थामा पनि पुग्छ तर पनि प्रायः शालीन र तर्कपूर्ण बहस नै देखिन्छ। युवा मनोविज्ञान बुझ्न पनि यस्ता बहस हुनु जरुरी छ । आफ्नो विज्ञता विषयको जानाकारी सबैको माझमा पस्किने एउटा समूह पनि  छ । कोही औषधि र रोगका बारेमा जानाकारी  बाँडिरहेका हुन्छन् त कोही इन्जिनियरिङ्ग विषयका, उत्तिनै बेला वातावरणविद् , समाजशास्त्री, पत्रकार, भाषाविद् र अन्य क्षेत्रका मानिसका भावना फटाफट आइरहेका हुन्छन् ।
केही साता पहिले मतादातालाई सचेत गराउँदै यस्तो ट्विट् देखा पर्‍यो ” एक भैँसीको मूल्य असी हजार, गाईको मूल्य पचास हजार, खसीको मूल्य पन्ध्र हजार, कुकुरको मूल्य पाँच हजार तर चुनावको समयमा  तपाईँको मूल्य एक हजार रु के तपाईँको मूल्य पशुको मूल्यभन्दा पनि कम छ रु बिचार  गरौँ यो प्रवृत्ति रोकौँ  ।” खोज्दै जाँदा एक भारतीयले धेरै पहिला यो हिन्दीमा  लेखेका रहेछन् । तर, नेपालको चुनावको बेलामा निकै दमदार रह्यो यो सचेतना ट्विट।चुनावलाई लक्षित गरेर  वाम गठबन्धनका समर्थकले लेखे “अबको केही वर्षपछि हाम्रो देशको झन्डा पनि विश्वकपमा देख्न चाहनेले बामपंथी गठबन्धनमा मतदान गरौँ ।”

यो उनको ट्विटलाई धेरैले मनोरञ्जनको रुपमा बुझे । एउटा राष्ट्रिय दैनिकमा छापिएको नेकपा एमालेका महासचिवको चुनावी लेख पढेपछि लोकतान्त्रिक गठबन्धनका समर्थक  उमेश पाठक लेख्छन्  “एमाले महासचिव ईश्वर पोखरेलको लम्बेतान झुटको खेती अद्योपान्त पढियो । ७ सालको क्रान्तिदेखि ४६ को जनआन्दोलन,  ६३ को परिवर्तनदेखि संविधान सभामार्फत् जारी संविधान र हुँदैगरेको निर्वाचन सबैको क्रेडिट आफैँँ लिन भ्याउनु भएछू। अनि उत्ति नै बेला  विकराल मन्त्रीको नामबाट ट्विटर् चलाऊने मित्रले पूर्व प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै लेखे “ऊ रकेट उड्यो, चन्द्रमा छुनै लाग्योू। यसरी आफ्ना भावना अरू समक्ष बाँड्ने, अरूलाई छेडहान्दै रमाइलो गर्ने र सचेतना फैलाउनेमात्रै होइन अन्य धेरै कुरा भेट्टाउन सकिन्छ सामाजिक सञ्जालमा ।

राजनीतिज्ञ, पत्रकार, इन्जिनियर, डाक्टर , वकिल , विद्यार्थी, र अन्य धेरै विधाका  युवा, वयस्क, नरनारी सबैलाई एकैठाँउमा ल्याएको छ सामाजिक संजालले । यी भिन्न विधाका व्यक्तिहरू एकै ठाँउमा भिन्नभिन्न किसिमले प्रस्तुत हुँदारमाइलोमात्रै होइन सूचना आदान प्रदान र ज्ञानमूलक जानाकारी पनि उत्तिकै प्रवाह भइरहेका छन् । ट्विटर रफेसबुक नेपालमा अहिले चुनावले तताइरहेको छ। प्रायजसो ट्विट् चुनाव र पार्टीप्रति नै लक्षित देखिए।अस्ट्रेलियामा बस्ने अर्थजानाकार दिपक पौडेलले गगन थापा र समूहमाथि भएको बम हमलाको विरोध गर्दै यस्तो  लेखे “आतंकबाद मुर्दबाद” सरकार दोषी पत्ता लगाएर पाता कस ! अति भयो। घाइतेहरूको शिघ्र श्वास्थ्य लाभको कामना।”

यसैगरी न्युजिल्यान्डमा बसोबास गर्ने “म स्याङ्जाली” नामका ट्विटर प्रयोगकर्ता सोही घटनाका बारेमा लेख्छन् “जोसुकै होस् यस्तो आतंक सह्यय हुनुहुन्न। बम बारुद पट्काउने कायर हुन्, छिटो कार्बाही होस् ।”

यसरी संसारका जुनसुकै कुनामा बसोबास गरेको भए पनि देशप्रतिको चिन्ता र चासो सामाजिक सञ्जालमार्फत् सबै सामु प्रस्तुत गरिरहेका छन् सबैले।बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानडा वा संसारको जुनासुकै देशमा रहेका नेपालीलाई  नेपालको राजनीति, सामाजिक परिवेश , दिन प्रतिदिन हुने घटना आदिसँग   सजिलै  जोड्ने  माध्यम बनेको छ सामाजिक सञ्जाल ।

खासगरी ट्विटरमा प्रत्येक दिनजसो नयाँनयाँ विषयले ठाँउ पाइरहेको हुन्छ । हनुमान, कटप्पा, सुग्रिव सेनाजस्ता उपनाम दिँदै एक अर्कालाई छेड हानिरहेका हुन्छन् युवा । साथसाथै एकआपसमा नजिकिने मध्यम पनि भइरहेको हुन्छ त्यस्तो बहस । कतिपयले अमेरिकी राष्ट्रपतिलाई मेन्सन गर्दै आफ्ना कुरा राखेको देखिन्छ भने कतिपयले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालीमै लेखेर भारतको नेपालप्रतिको व्यवहारको असन्तुष्टि व्यक्त गरिरहेका भेटिन्छन् । चुटकिला, गाउँखाने कथा, कविता, लघुकथा, गजल, हाइकु र अन्य साहित्यिक रचना पस्किने समूह पनि निकै जल्दोबल्दो छ सामाजिक सञ्जालमा । गीतकार तथा गजलकार नृपेश उप्रेती प्रत्येक दिन कम्तीमा एउटाजसो साहित्यिक रचना पस्किएकै हुन्छन्, राजनीति र साहित्यका ट्विटमा चासो राख्ने उनी लेख्छन्
“टेकेर हात पाउ सकिनसकी उभिएकोछ
कर्मको कठघरामा जिन्दगी उभिएकोछ
संभावना छ नआउने फैसला मेरो पक्षमा
फेरि समय हातमा लिएर दसी उभिएकोछ”

यसैगरी सानु शर्माले अहिलेको राजनीतिक परवेशलाई व्यङ्ग्यात्मकरूपमा  फेसबुकमा आफ्ना भावना यसरी लेख्नुहुन्छ,

“हिम्मत गर्नेले हो नि चुनौती आँटने
डरपोकको आचरण नै चाकडी ताक्ने
निर्दोष जनतालाई रणभूमिमा राख्ने
पहिचान त कहिले आतंकवादी देश हाँक्ने
धर्म संस्कार छोडी समाजवादलाई फ्याँक्ने
हेर्नु त दौडधुप दुई गोरु एक हलको
नारिन्जेल चुपचाप छुटेपछि एक अर्काको सिङ भाँच्ने”

यसरी आफ्ना भावना र आक्रोश सामाजिक सञ्जालमार्फत पोख्नेहरुको जमात पनि निकै ठूलो छ। विभिन्न तरिकाबाट आफ्ना मनका भावना साँट्ने एउटा गतिलो साथी बनेको छ सामाजिक संजाल ।

कसैका आफन्त बिरामी वा दुर्घटनामा परेर तुरुन्त रगत आवश्यक पर्‍यो भने सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ सहयोग माग्नको लागि र निकै उपयोगी र धेरैले सहयोग प्राप्त गरिरहेको पाइन्छ। सूचना पोस्ट गरेको केही समयमै हजारौं प्रयोगकर्तासम्म प्रवाह हुनेहुनाले निकै प्रभावशाली बनेको छ यो सञ्जाल । राजनीतिक पार्टीहरूले आफ्ना विचार  र कार्यक्रमको जानकारी अचेल सामाजिक संजालमार्फत् नै प्रवाह गरिरहेका छन् । अहिलेको चुनावमा सबैजसो पार्टीले सामाजिक सञ्जालको भरपूर प्रयोग गरेको देखियो। पत्रपत्रिका, अनलाइन समाचार पोर्टल सबैले सामाजिक सञ्जालमार्फत् नै आफ्ना सूचना प्रवाह गरिरहेका छन् र मिनेटभरमै लाखौं पाठकबीचमा पुग्ने यो भरपर्दो माध्यम बनेको छ ।

सामाजिक संजालको सदुपयोग गर्ने हो भने हाम्रो दैनिक जीवन निकै सहज बनाउन सकिन्छ । उदाहरणका लागि अफिस सकियो घर फर्किँदै हुनुहुन्छ र तपाईंको घरजाने छोटो बाटोमा कुनै गडबडी भएर बाटो बन्द भएको अवस्था छ भने तपाईंले तुरुन्तै फेसबुक वा ट्विटर्मा अपडेट देख्न सक्नुहुन्छ र सोहीअनुरूप आफ्नो बाटो तय गर्नुहुनेछ । कुनै जानकारी चाहियो फेसबुक वा ट्विटरमा सोध्नुहोस् तुरुन्त सहयोग गर्नेछन् मित्रहरूले। चुनावको मतगणना हुँदैछ क्यानडा, अमेरिका, बेलायत, अस्ट्रेलियामा बस्ने सबैले उतिखेरै ताजा अपडेट पाइरहेका  छन् । कतै कुनै दुर्घटना भयो, पहिरो गयो भने सेकेन्ड भरमै फोटोसहित जनाकारी प्राप्त हुन्छ । सूचना र जानकारीका लागि सामाजिक सञ्जाल वरदान नै साबित भएको छ।

सामाजिक संजालका नराम्रा पक्ष पनि प्रशस्तै छन् तर ती नकरात्मक कुराको चर्चा अरू कुनै बेला गरौँला। सकारात्मक र नकरात्मक जुनसुकै पक्षको वर्चस्व भए पनि अब सामाजिक संजाल हाम्रो जीवनको एक अभिन्न अङ्ग बनिसकेको छ । बरु केही समय खाना नखाएर बस्न सकिएला तर सामाजिक सञ्जाल र इन्टर्नेटबिना समय बिताउन मुस्किल हुँदैछ नयाँ पुस्तालाई। विज्ञानको यो सिर्जनालाई सही काममा प्रयोग गरौँ र आफ्नो जीवन सहज पारौँ ।

प्रतिकृया दिनुहोस

सामाजिक संजालका गन्थन |

अक्षर काका “बाबु ! एक्कासि सास बढ्यो, बाँच्दिनजस्तो लाग्न थाल्यो ! तैँले कोही डाक्टर चिनेको छैनस्, घरमै बोलाउन पाए हुन्थ्यो । अस्पताल जाने आँटसमेत

सामाजिक संजालका गन्थन |

सुनिता दुलाल गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउन गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयास थाल्नु भएको छ । यसका

सामाजिक संजालका गन्थन |

अन्ततः सातवटै प्रदेश सभामा निर्वाचित सदस्यले शपथ ग्रहण गरे । संघीय संविधानको कार्यान्वयन एक पाइला अघि बढेको छ । तर, जनादेशअनुसारको सरकार अझै गठन